बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

करेन्ट लागेर मृत्यु

बुधबार, जेष्ठ १७ २०८०

काठमाडौं – दार्चुलाको अपिहिमाल गाउँपालिका–३ मर्खोला बस्ने ३० वर्षीय दमन सिंह कार्कीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । कार्कीले विद्युतको पोलबाट आफ्नो घरमा लाईन जडान गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । बाराको कलैया उपमहानगरपालिका–७ बैरिया टोल बस्ने ३० वर्षीया पुनम देवी मालीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । आफ्नै घरको धारामा मोटर चलाई लुगा धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।