बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला बुधबारदेखि सुरु

मंगलबार, जेष्ठ १६ २०८०

काठमाडौ – प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला बुधबारदेखी एक महिनासम्म संचालन हुने भएको छ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित ललितपुरको जाउलाखेल खेल मैदानमा मेला हुने आयोजकले जानकारी दिएको छ । मेलाको आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समुहले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि बुधबारदेखि असार १७ गतेसम्म १ महिना मेला सञ्चालन हुने जानकारी दिएको हो । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र व्राण्डहरु किरण शुज म्यानुयाक्चर्सको उत्पादनहरुको मेलामा सहभागिता रहने मेला संयोजक दिवाकर गिरिले जानकारी दिए ।

उनका अनुसार मेलामा गोल्डस्टार, रोयल शुज, वि.एफ डियर हिल र वि.एफ स्पोर्ट, क्रस रोड शुज, फस्टवाक शुज, सिल, हाई लाईफ,केटिएम, डि.जे. शुज गरि ९ वटा कम्पनी र व्राण्डहरुको सहभागिता रहनेछ । यस्तै मेलामा ३ हजार भन्दा वढि मोडल र डिजाइनका जुत्ताहरु उपलव्ध हुनेछन भने नयाँ उत्पादनहरुको समेत लन्च गरिने भएको छ । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । मेला अवधिभर न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशतसम्मको विषेश छुटको व्यवस्था गरिएकोछ ।

मेला अवधिभरमा ३ लाख अवलोकन कर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको मेला संयोजक गिरिले जानकारी दिए । मेला अवधिभरमा ५ करोडको कारोवार गर्ने लक्ष्य राखिएकोछ । यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । आर्थिक मन्दी र वैकहरुमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण विषम परिस्थितिमा रहेका उद्योगी व्यावसायीहरुको मस्तिष्कलाई सकारात्मक बनाउदै देशको अर्थतन्त्रलाई गतिशिल र चलायमान बनाउनका निमित्त मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।