बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

शरणार्थी प्रकरण : जवाफदेहिता सम्बन्धित व्यक्तिले लिनुपर्छ

बिहिबार, जेष्ठ ११ २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखको संलग्नता देखिएमा त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले लिनुपर्ने बताएका छन् ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘यस अनुसन्धानका दौरानमा अनुसन्धान संगठनका प्रमुखले आफ्नो संलग्नता कहीँ रहेको कुरो यदी आउँछ भने, कहीँबाट देखिन्छ भने त्यसको जवाफदेहिता लिनुपर्छ ।’ यस अघि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसदमा बोल्दै आइजिपी वसन्त कुँवरको नाम पनि यो प्रक्ररणमा जोडिएकाले उनीमाथि छानविन हुनेपर्ने माग गरेका थिए ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् ।

सचिव भट्टराईले प्रहरी महानिरीक्षक बसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानविनमा सहयोग गर्न आग्रह गरे ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले सो प्रकरणमा छानविन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भएपनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताए ।

उनले भने, कोही पनि भाग्नु हुँदैन । त्यहाँ गएर बयान दिने, आफ्नो संलग्नता छैन भने प्रष्ट कुरा भन्नु पर्छ । अव अहिले त नेपाल प्रहरीको आईजीपीकै नाम आएको छ । आईजीपी सावले पनि आएर बयान दिनु पर्छ । म त भन्छु–बसन्त कुँवरजीलाई । यदि तपाईको संलग्नता छैन भने तपाईमाथि उठेका प्रश्न क्लिएर गर्नुस् । त्यहाँ बयान दिन जान पर्ने अवस्था छैन भने पत्रकार सम्मेलन गरेर तपाईले प्रष्ट पार्नुस् ।’