बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

लागुऔषधसहित २ जना पक्राउ

बुधबार, जेष्ठ १० २०८०

काठमाडौँ । मोरङ र अछाममा गरी लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

मोरङको  विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाईलेक्स डिसी ११ बोतलसहित सुन्दरहरैचा नगरपालिका–७ बस्ने ३५ वर्षीय आशीष ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

अछामको बान्निगढी जयगढ गाउँपालिका–४ तिमल्सेनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्रामसहित सोही गाउँपालिका३ धाराशैन बस्ने २१ वर्षीय शंकर ठकुल्लालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मंगलसेनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै घटनामा संलग्न एक जनालाई थप अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।