बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं – काठमाडौं, शंखरापुर नगरपालिका–९ इन्द्रायणीस्थित सडकमा बा.प्र ०२–०११ प ४५१७ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२–०३३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक रामेछाप सुनपाती गाउँपालिका–२ घर भएका ५७ वर्षीय आङ्गे तामाङ शेर्पाको मृत्यु भएको छ । दुर्घटनाका गम्भीर घाइते भएका उनको शुष्मा कोइराला मेमोरियल अस्पताल हुँदै नेपाल मेडिकल कलेज जोरपाटीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सडकमा बा.२ क ७८६४ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री सोही उपमहानगरपालिका–१७ लबिपुर बस्ने ५२ वर्षीय केशव कुमार कार्कीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मालिका टोलस्थित सडकमा म.१ त ५७३ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा हाम फाल्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४८ वर्षीय देव दत्त भट्टको सोमबार दिउँसो मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल हुँदै थप उपचारको लागि भारतको बरेलीतर्फ लैजाने क्रममा बाटैमा मृत्यु हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बणी नम्बर २ चौराहस्थित सडकमा सु.प.प्र.००१ क १६५३ नम्बरको क्रेनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ बाणी बस्ने ७० वर्षीय फुलपाती चौधरीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीको पोखरा महानगरपालिका–६ खहरेचोकस्थित सडकमा ग.२४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ कफी कम्पनिस्थित सडकमा लु.३९ प ९४६३ नम्बरको स्कुटर अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बुटवल उपमहानगरपालिका–११ देवीनगर बस्ने २२ वर्षीय दिपेश विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।