काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण काठमाडौं प्रहरी परिसर टेकु पुगेकी छन् ।
उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाँणसँग भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । उनी सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाँण वैशाख २७ गते आफ्नै घरबाट पक्राउ परेका थिए । त्यसयता उनी सम्पर्कविहीन भएकी थिइन् । केही संचारमाध्यमले उनी अष्ट्रेलिया पुगेको समाचार समेत संप्रेषण गरेका थिए । तर, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन उनी संसदमा उपस्थित भएकी थिइन् । नक्कली भुटानी शरणार्थी प्रकरणमामञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् ।
प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । यही बेला मञ्जु आफ्ना पति खाँणलाई भेट्न पुगेकी हुन् ।