बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित पक्राउ

शुक्रबार, जेष्ठ ५ २०८०

भद्रपुर नगरपालिका–१० लेखनाथ चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित हल्दिबारी गाउँपालिका–२ बस्ने ३३ वर्षीय प्रकाश राजबंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।