तुलसीपुर उपमहानगरपालिका–१७ बगौसी बस्ने रोल्पा रुन्टिगडी गाउँपालिका–६ घर भएका तिलसरी बोहराको छोरा १० वर्षीय बसन्त बोहराको सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित हापुर खोलामा नुहाउन गएको अवस्थामा उक्त खोलामा बृहत सिंचाई योजनाको लागि जेसिबीले खनेको खाल्डोमा जमेको पानीमा डुबेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।