बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

बिहिबार, जेष्ठ ४ २०८०

काठमाडौं – काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली बस्ने ६० वर्षीय रिन्छेन शेर्पाको होटल कमलाछीमा जुवातास खेलिरहेको अवस्थामा रिन्छेनसमेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । उनको होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २५ हजार ७ सय ३० रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।