काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले सर्लाहीबाट एक सय ६६ केजी गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्रको विओपी मलंगवा सर्लाहीबाट खटिएको टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको बताइएको छ ।
नेपालबाट भारततर्फ लैजादै गरेको १२ पोका गाँजा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवा (विओपी मलंगवा) ले बरामद गरेको हो ।
सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा गाँजा छाडी व्यक्ति भने फरार भएका थिए ।
बरामद गाँजा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा बुझाईएको छ ।