काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीमा भारतबाट ल्याइएका अवैध कपडा बरामद गरेको छ । रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ स्थित बगाहा इलाकाबाट सशस्त्र प्रहरीले ७ लाख ८२ हजार ८ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको जनाइएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ५ वटा साइकलमा राखेर ल्याउँदै गरेको लाखौं मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा)ले बरामद गरेको हो ।
सशस्त्र प्रहरीलाई देख्नासाथै साइकल र सामान छाडी व्यक्तिहरु भने फरार भएका थिए । बरामद लत्ताकपडा र साइकल आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ ।