काठमाडौं – प्युठानको सरुमारानी गाउँपालिका–६ मोतिपुरस्थित सडकमा लु.५८ प ६१२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिमरुक गाउँपालिका–४ बस्ने २५ वर्षीय सेरा शुलभ साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–२२ पुरैनीस्थित सडकमा भे.१ ख २२७१ नम्बरको टिपरले युपि ४० जे १२१७ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत बहराइच थाना रूपैडिया रामपुर बस्ने २५ वर्षीय सुरेश तेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाको मिर्चैया नगरपालिका–७ चुरिया जंगलस्थित सडकमा सिन्धुली दुधौलीबाट मिर्चैया कटारी चोकतर्फ जाँदै गरेको स.१ त १९५७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सिरहा गोलबजार बस्ने ५५ वर्षीय अमर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।