आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

पाटन क्याम्पसकाे स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित

आइतबार, चैत्र २६ २०७९

काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्। उनी नेविसंघका बागी उम्मेदवार हुन् ।

शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन । सभापतिमा सुशील विष्ट र अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी बनेका छन् ।

गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनबाट बिष्ट ८४१ मतसहित बिजय भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए ।

पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो।

नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो। विवाद समाधानका लागि पटक९पटक वार्ता गरिए पनि सहमति नजुटेपछि विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।