बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राप्रपा प्रवक्ता श्रेष्ठले भने : सरकारको न्यूनतम साझा कार्यक्रम ‘कागजी घोडा’ मात्रै हो !

शुक्रबार, चैत्र २४ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारले बिहीबार सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमलाई कागजी घोडाको संज्ञा दिएका छन् ।

विहीबार सरकारले सार्वजनिक गरेको सम्युक्त न्यूनतम साझा कार्यक्रमका विषयमा आज सामाजिक सञ्जालमार्फत प्रवक्ता थापाले अघिल्लो गठबन्धनका सकारात्मक विषयलाई पूर्वाग्राही ढंगबाट उपेक्षा गरेको आरोप लगाए ।

उनले भने, ‘अकारण अघिल्लो सत्ता गठबन्धन बदलेर अस्थिरताको मार्गतर्फ अघि बढेको प्रचण्ड नेतृत्वको सरकारले सार्वजनिक गरेको न्युनतम साझा कार्यक्रम समस्याको पहिचान गर्न असफल, यथास्थितिमा बदलाव ल्याउन अपूर्ण, भ्रम छर्ने खालको र भागवण्डाको कार्यक्रमको रुपमा मात्रै सीमित रहने ूक्वाँटीू दस्तावेज हो।’ श्रेष्ठले लेखेका छन् ।

देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न नसकेको आरोप लगाउँदै उनले भनेका छन्, ‘देशले चरम आर्थिक संकट बेहोरिरहेको त्रासदीपूर्ण अवस्थामा सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम मार्फत जनतामा आशा, विश्वास र भरोसा पैदा गर्न अघिल्लो गठबन्धनका कतिपय सकारात्मक विषयलाई पूर्वाग्रही ढंगबाट उपेक्षा गरिएको छ।’

‘देशलाई खोक्रो बनाउने भ्रष्टाचार जस्तो जघन्य विषयलाई राप्रपा समेत सहभागी अघिल्लो गठबन्धनले जुन कडाइ र प्राथमिकता दिएको थियो, कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाएर कानुनको कठघरामा उभ्याउने विश्वास नागरिकलाई दिइएको थियो, यसपटक यति गम्भीर विषयलाई ‘कदम चाल्ने’ मात्रै भनेर सामान्यीकरण गरिएको छ।’ उनले भनेका छन् ।

साथै उनले साझा कार्यक्रममा उल्लेखित कतिपय विषय कार्यान्वयन हुनेमा आशंका रहेको बताउँदै जसबाट यो साझा कार्यक्रम केवल ‘कागजी घोडा’ मात्रै हुने ठोकुवा गर्न सकिने बताएका छन् ।