काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ ।
मन्त्रालयका विभिन्न प्रस्तावका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा हिजो मात्र सरकारले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने छ ।
बैठकमा मन्त्रालयगत एजेन्डा तथा समसामयिक बिषयमा पनि छलफल भइरहेको छ ।