काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका छन् ।
आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दायर गरेका हुन् ।
लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपा नेता कार्यकर्ता र श्रीमति निकिता पौडेलसाथै लिएर उनले उम्मेदवारी दर्ता गराएका थिए ।
उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेको बताइएको छ ।
रवि गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । तर, अदालतको फैसलाबाट उनको पद रिक्त भएपछि फेरि उपनिर्वाचन भएको हो । पार्टीले उनलाई दोहोर्याएर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।