बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जो प्रधानमन्त्री भएपनि देश अरुले नै चलाइराखेको छ : महरा

आइतबार, चैत्र १९ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले देश अरु कसैले चलाइरहेको टिप्पणी गरेका छन् ।

माओवादी नेता महराले प्रचण्ड, देउवा र ओली केवल पात्रमात्रै भएको र देश अरु कसैको इसारामा चलेको आरोप लगाए ।

‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन्,’ उनले भने ।

सभामुख र गृहमन्त्रीसमेत भइसकेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो ।’  महराले भने ।

महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे भने खुलेर चर्चा गरेका थिएनन् ।

उनले लोकतन्त्र र संविधानमाथि अझै खतरा कायम रहेकाले यसको संरक्षणमा लाग्नुपर्ने समेत बताएका थिए ।