काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वडीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाउने भएको छ ।
पार्टीले प्रकाशित गरेको प्रारम्भिक उम्मेदवारको सूचीअनुसार बारा २ मा दुईजना आकांक्षी रहेपनि खरेल नै उम्मेदवार हुने लगभग निश्चित छ । सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल रास्वपाबाट उम्मेदवार बन्ने भएका हुन् । उनी सुशासनका पक्षधर हुन् । गत संसदीय निर्वाचनमा उनी काठमाडौं १ बाट निर्वाचन लडेर पराजित बनेका थिए ।
उम्मेदवारीका लागि दावी पेश गरेका अर्का व्यक्ति युवराज न्यौपानेलाई व्याक गराएर खरेललाई उठाउने तयारी गरिएको बुझिएको छ ।
रास्वपामा उम्मेदवारीका लागि दावी पेश गर्नेहरूबीच आन्तरिक रूपमा प्राइमरी इलेक्सन गरेर उम्मेदवार छनोट गर्ने प्रावधान छ । प्राइमरी इलेक्सनमा सम्वन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यले भोट हाल्न सक्छन् ।
