बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

तनहुँ- १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेवार बनाउने

बिहिबार, चैत्र १६ २०७९

काठमाडौं । नेपाली कांग्रेसले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तनहुँ–१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र रिक्त हुन पुगेको हो । गत मंसिरमा भएको निर्वाचनमा उक्त क्षेत्रबाट पौडेल निर्वाचित भएका थिए ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त क्षेत्रमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।