बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

बुधबार, चैत्र १५ २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी त्यागेका छन् ।

उनी आजै जनमत पार्टीमा प्रवेश गरेका छन् । कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका छन् ।

आगामी बैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने पक्का भएको छ ।

सो क्रममा कुशवाहले आफूलाई माओवादी पार्टीभित्र सधैं अन्याय गरिएको गुनासोसमेत पोखे । कुशवाह ०६४ को संविधानसभामा निर्वाचित भएका थिए । ०७९ को मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनी जसपाका रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए । यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।