बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन, दिउँसो ३ बजे पुन: बस्ने

बुधबार, चैत्र १५ २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

मन्त्रालयमा भागवण्डा गर्न बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सत्तारुढ १० दलका शीर्ष नेताहरुको बैठक मोटामोटी सहमति नजिक पुगेको छ ।नेकपा एसले भने उपप्रधानसहित ३ मन्त्रालयको आफ्नो अडान कायमै राखेको एक नेताले बताए ।

बैठकबाट बाहिरिएका जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिले बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे सहमति नभएको स्पष्ट पारे । उनका अनुसार बैठक दिउँसो ३ बजे पुनः बस्ने भएको छ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति बन्न सकेको थिए। कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो। बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरिएको थियो ।

साथै, गठबन्धनका दलहरुले मन्त्रालयबारे आफ्नो दाबी पेस गरेका थिए ।