काठमाडौँ – सेयर कारोबार रकम यो साता घटेको छ । यो साता नेप्से चार दिन मात्र खुलेको र खुलेको मध्ये पनि अधिकांश दिन नेप्से घटेकाकारण कारोबार रकम पनि गत साताको भन्दा कम भएको हो । सो अनुसार नेप्से १९ सय १५ दशमलव १४ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६१ दशमलव शुन्य एक अंकमा झरेको छ ।
यो साता दुुई सय ६६ वटा कम्पनीहरुको एक लाख २० हजार दुई सय २७ पटकको कारोबारमा एक करोड ६५ लाख ३६ हजार एक सय ४५ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ११ करोड ५२ लाख ८१ हजार पाँच सय ४५ रुपैयाँ पुगेको छ । गत साता भने नेप्सेमा दुुई सय ६० वटा कम्पनीहरुको एक लाख ४१ हजार चार सय ६९ पटकको कारोबारमा एक करोड ८५ लाख ७८ हजार तीन सय ३५ कित्ता शेयर किनबेच हुुंदा कुल कारोबार रकम छ अर्ब ३० करोड ८९ लाख ५७ हजार तीन सय २८ रुपैंयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेकोमा पहिलो, चौंथो र पाँचौं दिन घटेको थियो भने दोस्रो दिन बढेको थियो । तेस्रो दिन भने सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
जसमध्ये पहिलो दिन नेप्से छ दशमलव ९० अंकले घटेर १९ सय २६ दशमलव ४० अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि एक दशमलव ५२ अंकले घटेर तीन सय ६३ दशमलव २६ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से २२ दशमलव ६५ अंकले बढेर १९ सय ४९ दशमलव छ अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि दुई दशमलव ९५ बढेर तीन सय ६६ दशमलव २१ अंकमा पुगेको थियो । तेस्रो दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
चौंथो दिन भने नेप्से १५ दशमलव ७६ अंकले घटेर एक १९ सय ३३ दशमलव २९ अंकमा पुगेको थियो भने सेन्सिटिभ दुई दशमलव ३० अंकले घटेर तीन सय ६३ दशमलव ९१ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से १८ दशमलव १५ अंकले घटेर १९ सय १५ दशमलव १४ अंकमा पुगेको थियो भने सेन्सिटिभ पनि दुई दशमलव ९० अंकले घटेर तीन सय ६१ दशमलव शुन्य एक अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा एनआईसी एशिया बैंक, शिवम सिमेन्ट, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् भने कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लगायतका कम्पनीहरु अगाडि परेकाछन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।