मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा सामान्य बृद्धि, चार अंकले बढ्दा चार अर्ब ७३ करोडको शेयर किनबेच

मंगलबार, असोज २७ २०८३

नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन चार अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि चार दशमलव १२ अंकले बढेर २५ सय ९९ दशमलव ९३ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३५ अंकले बढेर चार सय ७० दशमलव १७ अंकमा पुगेको छ।

नेप्सेमा आज तीन सय ५१ वटा कम्पनीहरुको ४६ हजार छ सय ५९ पटकको कारोबारमा एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम चार अर्ब ७३ करोड ६९ लाख २६ हजार चार सय नौं रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ६५ अंकले बढेर १५ सय ४३ दशमलव २३ अंकमा पुगेकोमा बिकास बैक समुहको सुचक पनि तीन दशमलव शुन्य तीन अंकले बढेर पाँच हजार चार सय तीन दशमलव ३७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय छ दशमलव ४२ अंकले बढेर ११ हजार आठ सय २५ दशमलव ३३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५० दशमलव ५३ अंकले बढेर नौं हजार चार सय २० दशमलव १२ अंकमा पुगेको छ । लगानी समुहको सुचक पनि शुन्य दशमलव १२ अंकले बढेको छ । यि बाहेक फाईनान्स समुहको सुचक छ दशमलव ७९ अंकले घटेर २१ सय ८१ दशमलव २७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १५ दशमलव ७५ अंकले घटेर तीन हजार पाँच सय १० दशमलव ६९ अंकमा झरेको छ । होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः ४० दशमलव १२, ४२ दशमलव ८१, चार दशमलव ३८, शुन्य दशमलव शुन्य एक, नौं दशमलव २७ र १२ दशमलव ९६ अंकले घटेका छन्।

नेप्सेमा बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सगरमाथा जलबिद्युत कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्नो रिर्भस लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ।