बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

१८ अंकले घट्यो नेप्से, सबै सुचक रातै

बिहिबार, चैत्र ९ २०७९

काठमाडौं – नेप्से पुन घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बिहिबार पनि १८ दशमलव १५ अंकले घटेर १९ सय १५ दशमलव १४ अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव ९० अंकले घटेर तीन सय ६१ दशमलव शुन्य एक अंकमा पुगेको छ । दुई सय ५९ वटा कम्पनीहरुको २९ हजार छ सय ८५ पटकको कारोबारमा ४३ लाख ४० हजार दुई सय ७० कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ३० अंकले घटेर १२ सय ३८ दशमलव १९ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ११ दशमलव ९४ अंकले घटेर तीन हजार पाँच सय २६ दशमलव ९६ अंकमा पुगेको छ । जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव ५९ अंकले घटेर २५ सय ४९ दशमलव ९८ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ९१ दशमलव ८८ अंकले घटेर नौं हजार चार सय ६३ दशमलव ४६ अंकमा पुगेको छ । फाईनान्स, निर्जिवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मायाखोला हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक परेको छ ।