काठमाडौं – दाङको लमही नगरपालिका–९ रिहारस्थित सडकमा रा.७ त २२८६ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने २० वर्षीय करण बर्माको मंगलबार साँझ मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–१२ खोरभञ्ज्याङ्स्थित सडकमा ना.८ ख ५३३५ नम्बरको टिपर अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा टिपर चालक मकवानपुरगढी गाउँपालिका–२ अदुवाखर्क बस्ने २८ वर्षीय चन्द्र योन्जनको मृत्यु भएको छ ।
यसैगरीको मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ थानाभर्या८ङस्थित सडकमा मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुरको रामप्रसादराई गाउँपालिका–५ लुगेनीस्थित सडकमा ना.३ त ३४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने १८ वर्षीय भिम बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ ।
सुनसरीको बर्जु गाउँपालिका–२ ढट्टाटोलस्थित सडकमा को.७ प ५६५ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सोही गाउँपालिका–३ बस्ने ३६ वर्षीया चन्द्रकला देवी रायको गएराति मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएकी उनको कोशी अस्पताल विराटनगरमा उपचारकको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।