काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको छ ।
आज बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि एमालेले सचिवालय बैठक बोलाएर उम्मेदवार टुंगो लगाएको हो ।
बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत रहेको शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
साथै, बैठकमा उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउन हुन्न भन्ने कुरालाई जोड दिइएको ज्ञवालीले बताए ।