बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एमालेको एकल बहुमत नआए देशले दुर्भाग्य भोग्नुपर्ने हुन्छ : अध्यक्ष ओली

बुधबार, कार्तिक १६ २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीको एकल बहुमत नआए देशमा दुर्भाग्य हुने बताएका छन् ।

अध्यक्ष ओलीले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने जिकिर गरे ।  उनले भने, ‘अहिले एमालेलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गरिएन भने, एमालेको एकल बहुमत आएन भने देश दुर्भाग्यमा जान्छ । दुर्भाग्य भोग्नुपर्छ, ।

आज काठमाडौं १ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको समेत बताए । सर्वोच्च अदालतभित्रै अराजकता मौलाएको उनको भनाइ थियो ।

उनले भने, ‘त्यो यस्तो काम गरेछ अदालतले, त्यस दिनदेखि अदालत बेहाल अवस्थामा छ । कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल सबै देखियो । वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मको कस्तो क्रियाकलाप ?’

आगामी निर्वाचन राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको ओलीको भनाइ थियो । प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्नुपर्ने उनले आह्वान गरे ।