मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सभामुख अर्यालसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेट, समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल

मंगलबार, कार्तिक १७ २०८३

काठमाडौं । सभामुख डोलप्रसाद ९डीपी० अर्यालसँग नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेट गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक विषय तथा संसदीय गतिविधिका सम्बन्धमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

भेटमा भएका छलफलका अन्य विषयबारे भने सचिवालयले थप जानकारी दिएको छैन ।