बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

नेपाल र केन्या भिड्दै

शुक्रबार, भाद्र १० २०७९

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो । 

पहिलो खेलमा नेपालले ५ विकेटको सहज जित निकालेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोली पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको छ ।