बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

एमाले प्रवेश गरे जसपा र कांग्रेसका प्रभावशाली नेता (नामावलीसहित)

बिहिबार, भाद्र ९ २०७९

वीरगन्ज । पर्सा जिल्ला क्षेत्र न ३ का जसपा र नेपाली कांग्रेसका प्रभावशाली नेताहरू आज नेकपा एमालेमा प्रवेश गरेका छन्। 

नेकपा एमाले पर्साद्वारा पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओलीले नव प्रवेशीहरुलाई खादा र टीका लगाएर स्वागत गरेका थिए ।

नेपाली कांग्रेस पर्साको पुर्व जिल्ला उपसभापति दिनानाथ साह तेली, पकाहामैनपुर गाउँपालिकाका निवर्तमान पालिका प्रमुख एवं जसपाका नेता विजय चौरसिया, विन्दवासिनी गाउँपालिकाका निवर्तमान प्रमुख एवं जसपाका नेता श्रीलाल साह कानु (मोदी), बिन्दबासिनी गाउँ पालिकाका निवर्तमान उपप्रमुख एवं कांग्रेस नेत्री किरणदेवी गुप्ता, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि निलराज गिरी एवं विभिन्न पालिकाका पुर्व वडा अध्यक्षहरु लगायत नेता एमाले प्रवेश गरेका छन् ।

नेपाल सुशासन पार्टीको तर्फबाट उपाध्यक्ष उम्मेद्वार अदायादेवी मेहता, पर्साको कालिकामाई गाउॅपालिका ४ परसुरामपुरका जसपा नेताहरू वकिल मियां, छोटेलाल चौरसिया, दिनेश चौरसिया, असलम आलम, रामबालक चौरसियालगायतका नेताहरू एमालेमा प्रवेश गरे ।

पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य एवं पर्साका सहइन्चार्ज राजकुमार गुप्ता, प्रदेश सभा सदस्य एवं नेकपा एमालेमा हालै प्रवेश गरेका प्रह्लाद गिरीलगायत नेताहरूको उपस्थिति  थियो ।