बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

राणालाई १५ भदौमा बयानका लागि बोलाइयो

बिहिबार, भाद्र ९ २०७९

काठमाडौँ – महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बयानको लागि बोलाएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणालाई बयानका लागि भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामबहादुर बिष्टले सो कुराको जानकारी दिए । उनले समितिको बैठकले समितिको आन्तरिक कार्यविधि संशोधनसहित स्वीकृत गरिएको बताए । बैठकले समितिको कार्यतालिकालाई पनि परिमार्जनसहित स्वीकृत गरेको छ ।