बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट

बुधबार, भाद्र ८ २०७९

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ३० हजार ९२९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सोमध्ये पनि ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।