काठमाडौं, भाद्र १६ । सिरहामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । छिमेकीसगको विवादमा दुई पुरुषको कुटपिटबाट कल्याणपुरको डुमरीकी ६५ वर्षिया भालसैरदेवी यादबको मृत्यु भएको हो ।
विहान समान्य विवाद हुदा जयकुमार र श्रीदेवले यादवमाथि कुटपिट गरेका थिए । कुटपिटबाट यादबको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भारसैरदेवीको मृत्यु भए लगत्तै घटनमा संलग्न दुवै जना फरार छन् ।
यादवको शव परिक्षणकालागि लहान अस्पताल ल्याईएको छ ।