आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपालको राजनीति इतिहासमा कम्युनिस्ट प्रधानमन्त्री केपी ओलीले रचेका तीन इतिहास

शुक्रबार, बैशाख ३१ २०७८

काठमाडौँ  – केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। बिहीबार संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

यसअघि उनी २०७२ मा संविधान घोषणा पछि र २०७४ को चुनावपछि प्रधानमन्त्री बनेका ओलीले नेपालको राजनीति इतिहासमा तीन वटा इतिहास रचेका छन् l उनले रचेको इतिहासमा एउटा हो उनी सबैभन्दा लामो कार्यकाल चलाउने कम्युनिस्ट प्रधानमन्त्री बनेका छन् भने अर्को हो सबैभन्दा धेरै पटक बन्ने कम्युनिस्ट प्रधानमन्त्री। योसँगै ओलीले लगातार दुई पटक कम्युनिस्ट प्रधानमन्त्री बन्ने समेत इतिहास बनाएका छन्।

उनीभन्दा पहिले न कुनै कम्युनिस्ट नेता तेस्रो पटक प्रधानमन्त्री बनेको इतिहास छ भने न कुनै नेताले दुई वर्ष बढी कार्यकाल चलाएको इतिहास नै छ, नत ओलीको जस्तो अरु कुनै नेता लगातार दुई पटक प्रधानमन्त्री बनेका छन्। कम्युनिस्ट पार्टीबाट छैटौं प्रधानमन्त्री बनेका ओलीले पछिल्लो पटक तीन वर्ष बढी कार्यकाल चलाएका छन्। पहिलो पटक ओली २०७२ असोज २४ देखि ०७३ साउन ९ गते सम्म प्रधानमन्त्री बनेका थिए।

पछिल्लो पटक संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेका उनी विपक्षी दलहरुले पनि राष्ट्रपति समक्ष बहुमतको दाबी पेश गर्न नसकेपछि संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भएका छन्। ओलीले अब ३० दिन भित्र संसदबाट विश्वासको मत लिइसक्नु पर्छ। विश्वासको मत लिन सके दुई वर्षको लागि प्रधानमन्त्री बन्ने छन् भने विश्वासको मत लिन नसके संविधानत: संसद विघटन गरी निर्वाचनकाे घाेषणा गर्न सक्नेछन्।

प्रधानमन्त्री बन्न संसदमा १३६ जना सांसदकाे आवश्यकता पर्छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले मात्रै १३६ सांसद पुर्‍याउन सक्ने अवस्था छैन। उनीहरुलाई बहुमत पुर्‍याउन जनता समाजवादीले अथवा एमालेको माधव नेपाल समूहले साथ दिनुपर्छ। जुन कुरा अहिले सम्भव देखिँदैन।