काठमाडौँ- प्रतिनिधिसभामा विश्वासको मत गुमाएको केही दिन पनि नबित्दै केपी ओली फेरि नेपालको प्रधानमन्त्री नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मध्यरात हुनै लाग्दा केपी ओलीलाई संविधानको धारा ७२ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।
राष्ट्रपति भण्डारीले धारा ७६ (२) अनुसारको सरकार गठनका लागि दलहरुसँग आह्वान गरे पनि बिहीबार ९ बजेको समयसीमाभित्र कुनै दलले पनि दाबी प्रस्तुत नगरेपछि प्रधानमन्त्री ओलीलाई फेरि प्रधानमन्त्री पदमा सत्तारोहण गर्ने अवसर जुटेको हो।
