आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

ठाकुरले आफ्नो समूहका सांसदलाई रिसोर्ट लगेर राखे

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो समूहका सांसदहरुलाई रिसोर्टमा लगेर राखेका छन् ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाएपछि उही दिन गत सोमबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका निम्ति दलहरूलाई आज बिहीबार राति ९ बजेसम्मको समय सकिन लाग्दा दलहरु आन्तरिक र बाह्य छलफलमा जुटिरहेका छन् ।

यही बेला नयाँ सरकार गठन प्रक्रियामा आफ्नो पार्टी संलग्न नरहेको राष्ट्रपतिलाई जानकारी गराएका अध्यक्ष ठाकुरले बिहीबार आफ्नो समूहका सांसदहरुलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका छन् । 

बबरमहलबाट पार्टी मुख्यालयबाट बिहीबार दिउँसो आफ्नो समूहका सांसदलाई अध्यक्ष ठाकुरले रिसोर्टमा लगेर राखेका हुन् । ३२ सांसद रहेको जसपामा ठाकुर समूहमा करिब १७ जना रहेको दाबी गरिएको छ । तर, करिब १३ जना सांसद रिसोर्टमा पुगेको बताइन्छ ।