आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा फेरि पृथ्वीसुब्बा गुरुङ नियुक्त, लिए पद तथा गोपनियताको शपथ

बिहिबार, बैशाख ३० २०७८

काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ फेरि नियुक्त भएका छन् । उनलाई बुधबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पुन: मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (३) अनुसार संसदमा ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  

मुख्यमन्त्रीमा नियुक्त भएका नेता गुरुङले आज नै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

यसअघि कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्ति गरिनुपर्ने भन्दै प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए । तर तोकिएको समयमा ४ दलले बहुमत पुर्याउन नसकेको भन्दै प्रदेश प्रमुख पौडेलले ठूलो दलको हैसियतमा गुरुङलाई नियुक्त गरेकी हुन् ।