आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

शूर्या लाइफ इन्स्योरेन्स १४ औं वर्षमा प्रवेश

आइतबार, बैशाख १२ २०७८

काठमाडौं ।  शुर्या लाइफ इन्स्योरेन्स कम्पनी १३ औं वर्ष पूरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । यहाँ सम्म आइपुग्दा आफुहरुसँग अटुटका साथ सहकार्य गर्ने तथा कम्पनीलाई जीवन बिमाको क्षेत्रमा सवल कम्पनीकोरुपमा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने समस्त गार्हक वर्ग, बीमित, अभिकर्ता, नियमनकारी निकाय बीमा समिति, धितोपत्र बोर्ड, कम्पनी रजिस्टार कार्यालय, संचालक समिति, शेयरधनी, कर्मचारी लगायत सम्पुर्ण देशवासीमा कम्पनीले आभार प्रकट गरेको छ ।
साथै आगामी दिनहरुमा आफ्ना सेवाहरुलाई अझ सरल, मर्यादित, तथा विश्वसनीय बनाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आफ्ना सेवाग्राही, बीमित, अभिकर्ता तथा सरोकारवालाहरुको राय सुझावका आधारमा आगामी दिनमा समय सापेक्ष जीवन बीमा योजनाहरु क्रमशः सञ्चालनमा ल्याउन कम्पनी क्रियाशील एवम् प्रतिवद्ध रहेको पनि कम्पनीले जनाएको छ ।