बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

विभिन्न धनमाल चोरी

सोमबार, चैत्र २ २०७७

काठमाडौं महानगरपालिका–६ बौद्ध कुमारीगाल डेरा गरी बस्ने गुल्मी बाली टक्सार गाप्दी–२ घर भएका ३४ वर्षीय मिठ्ठु रानाको कोठाबाट नगद १ लाख रूपैयाँ र सोही ठाउँ डेरा गरी बस्ने ईलाम घर भएकी ३८ वर्षीया निर्मला बरालको कोठाबाट ढोका फुटाई नगद २० हजार र साढे एक तोलाको सुनको सिक्री १ थान आइतबार दिउँसो चोरी भएको छ । 
ललितपुरको ललितपुर महानगरपालिका–१३ नख्खु बस्ने ६२ वर्षीय अशोक कुमार श्रेष्ठको घरबाट ताला फुटाई करिब ४ लाख ९५ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका बिभिन्न गरगहना आइतबार दिउँसो चोरी भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट फोर्स बसपार्क नजिक बस्ने ५२ वर्षीया अप्सरा गौतमको घरबाट कोही नभएको अवस्थामा ताला फुटाई नगद ३४ हजार रूपैयाँ, ३ सय यूएस डलर र सुनका गहना समेत गरी करिब २ लाख ४ हजार ५ सय रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ । 
चोरीमा संलग्न हाल फरार ब्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।