काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका–७ कन्चनापुरबाट १ थान कटुवा पेस्तोल सहित सम्मरीमाई गाउँपालिका–७ बेतकुइया बस्ने २४ वर्षीय सुरज हरिजन समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । यूपी ५५ एन ४९४८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपिप्रहवा र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्दा उक्त पेस्तोल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
नुवाकोटको ककनी गाउँपालिका–२ सानो चित्रेस्थित बारीबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त बारीमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रानिपौवाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।