बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ :–

बिहिबार, फाल्गुन २७ २०७७

काठमाडौं । पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका २ सातपत्तीबाट फागुन २६ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने १८ बर्षिय अजय मुसहरलाई पक्राउ गरेको छ । 
 सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठीप्रसौनीबाट खटिएको एपीएफ टोलीले निज मुसहरलाई पक्राउ गरेको हो । एपीएफ टोलीले निज मुसहरलाई शंका लागि जाँच गर्दा उनको साथमा ओनरेक्स ३१ बोतल, नाईट्रोभेट ट्याब्लेट १ सय २० वटा र वीनसिस्मोफोर्ट १ हजार ८ सय ७२ वटा फेला परेपछि पक्राउ गरिएको हो । 
 एपीएफ टोलीले पक्राउ परेका मुसहरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । 
 यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले फागुन २६ गते सर्लाही जिल्लाको ब्रहम्पुरी गाँउपालिका ४ काली मन्दिरस्थित सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
 पक्राउ पर्नेहरुमा सोही जिल्लाको हरिवन नगरपालिका ६ बस्ने २५ बर्षिय सरोज भुर्तेल र सोही नगरपालिका ३ बस्ने २५ बर्षिय मोहमद अली छन् । 
 बा ४२ प २२३७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा स्मास्मो प्रोक्सिभन २४ वटा र लुपिपोकोफ तीन बोतल फेला परेपछि पक्राउ गरिएको हो । 
 पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित स्थानीय प्रहरीमा बुझाइएको छ ।