दाङ । राजपुर गाउँपालिका–३ प्रतापपुर घाटस्थित राप्ती नदीको किनारबाट १ थान भरुवा बन्दुक सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–२ गैरा बस्ने २७ वर्षीय पतिराम चौधरी र सोही ठाउँ बस्ने २४ वर्षीय समिर चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त अवैध बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।