मकवानपुर । सडक छेउमा पार्किङ गरी राखेको ना.४८ प २५७५ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने २१ वर्षीय विजय बोहरालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका–९ बस्ने २५ वर्षीय सरोज कुमार श्रेष्ठको हेटौंडा उपमहानगरपालिका–२ चौकी टोलस्थित सडकमा पार्किङ गरी राखेको मोटरसाइकल आइतबार राति हराएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका–११ मा उक्त मोटरसाइकल लुकाई राखेको अवस्थामा सहित फेला पारी होहरालाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।