बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

बुधबार, फाल्गुन २६ २०७७

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल फेनरागन र ७ सय एम्पुल नुफिन सहित भारत बिहार मोतिहारी ठेगाना भएकी १९ वर्षीया मधु यादबलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ४०१८ नम्बरको टाटा सुमोलाई नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 
झापाको मेचीनगर नगरपालिका–६ स्थित न्युन बिशाल होटलबाट २ केजी अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भारत पश्चिम मनिपुर स्थायी ठेगाना भएकी ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत पश्चिम वंगाल ठेगाना भएकी ३८ वर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । उक्त होटलको कोठा नम्बर १०५ भित्र लागूऔषध अफिमको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठामाडौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।