बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

चितुवाको छाला सहित दुुई जना पक्राउ

बुधबार, फाल्गुन २६ २०७७

काठमाडौं महानगरपालिका–२ लाजिम्पाट उत्तरढोकाबाट १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१ लैनचौर बस्ने मोरङ डाँगिआठ गाउँपालिका–३ माझि गाउँ स्थायी वतन भएका २८ वर्षीय माईला भन्ने रञ्जित माझी र काठमाडौं मनमैजु बस्ने वागलुङ निशि खोला गाउँपालिका–३ जिवाखोला स्थायी वतन भएका २२ वर्षीय सन्तोष बुढामगर रहेका छन् ।
चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा विक्रीवितरण भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित पक्राउ गरेको हो । 
उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।