शनिबार, मंसिर ५ २०८३

शनिबार, मंसिर ५ २०८३

ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख रुपैयाँ जरिवाना

शुक्रबार, मंसिर ४ २०८३

काठमाडौं । खाना पकाउने एलपीजी ग्यास सिलिन्डर तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

ग्यास सिलिन्डरको मूल्य बढी लिएको भन्दै उपभोक्ताले ‘हेलो सरकार’ को वेब पोर्टलमार्फत गुनासो दर्ता गराएका थिए । सोही गुनासोका आधारमा हेलो सरकारको समन्वयमा विभागको अनुगमन टोलीले सम्बन्धित स्टोरमा निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा कैफियत भेटिएपछि स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हेलो सरकारले जनाएको छ ।

हेलो सरकारले गुनासो दर्ता गराउने उपभोक्ता तथा तत्काल कारबाही प्रक्रिया अघि बढाएर सहयोग गर्ने विभागलाई धन्यवादसमेत दिएको छ ।

सरकारले उपभोक्ता ठगीमा परेमा वा सार्वजनिक सेवा प्रवाहमा समस्या देखिएमा निःशुल्क फोन सेवा ११११ वा हेलो सरकारको अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गराउन आग्रह गर्दै आएको छ ।