काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो टनेल गोलभेडा ३५ रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, रातो आलु (लाम्चो र गोलो) प्रतिकिलो ४५ रुपैयाँ, रातो आलु (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ रहेको छ । भारतीय सुकेको प्याज प्रतिकिलो ९० रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँ तोकिएको छ ।
यसैगरी, लोकल बन्दा प्रतिकिलो २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ र डल्लो भन्टा ३० रुपैयाँ रहेको छ ।
घिउ सिमी (लोकल) प्रतिकिलो ८० रुपैयाँ र हाइब्रिड ६० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ६० रुपैयाँ तथा लौका ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सागसब्जीतर्फ रायोको साग र तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो र चकसूरको साग १०० रुपैयाँ तथा हरियो प्याज १५० रुपैयाँ तोकिएको छ ।
च्याउमध्ये कन्य च्याउ र डल्ले च्याउ प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ रहेको छ । कुरिलो प्रतिकिलो ७०० रुपैयाँ, ब्रोकाउली ९० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ कायम गरिएको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ र जुम्लाको स्याउ २५० रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाली केरा र मालभोग केरा प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ र अनार ३५० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।
उल्लेखित मूल्य कालीमाटी बजारको न्यूनतम थोक मूल्य हो । खुद्रा बजारमा भने मूल्य फरक हुन सक्छ ।