काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणका विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाइने विषय तथा भ्रमणका एजेण्डाबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्री बालेनले यही मंसिर ६ र ७ गते भारतको औपचारिक भ्रमण गर्ने तयारी गरेका छन् । भ्रमणको तयारी र एजेण्डाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले पनि आज पत्रकार सम्मेलन गर्दैछ ।
मन्त्रिपरिषद् बैठक र परराष्ट्र मन्त्रालयको ब्रिफिङबाट प्रधानमन्त्रीको भारत भ्रमणका प्राथमिकता तथा तयारीबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ ।