काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थान, उपत्यका तथा खोँचहरूमा तुवाँलो र हुस्सु लागेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति पनि कोशी र मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।
महाशाखाका अनुसार भोलि बिहान तराईका भूभाग, उपत्यका तथा खोँचहरूका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।