काठमाडौं । स्थानीय बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ र चाँदी ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको गिरावटसँगै सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य कमी आएको छ ।